नियम २९
क्षतिपूर्ति दाबी नलाग्ने अवस्था
: सुरक्षित पशुधनको देहायको कुनै अवस्थामा क्षतिपूर्ति दाबी लाग्ने छैन :-
(क) निर्धारित अवधिभित्र दाबी प्रकृया पूरा नगरेको,
(ख) सुरक्षणकर्ताले सुरक्षित पशुधन उपरको हक कुनै कारणले छाडी दिएको वा त्यस्तो पशुधन हराएको वा चोरी भएको,
(ग) सुरक्षित पशुधनलाई मार्ने उद्देश्यले घाइते बनाएको वा सुरक्षणकर्ता वा निजको एकाघर परिवारका सदस्यको लापरवाहीले पशुधनको मृत्यु भएको,
(घ) _सुरक्षणकर्ताले सुरक्षण लेख अवधिभर निर्धारित म्यादभित्र बुझाउनु पर्ने नियम ११ बमोजिमको सुरक्षण शुल्क नबुझाएको,
(ङ) सुरक्षित पशुधनको शरीरमा लगाएको सङ्केत पट्टा नभएको र हराएको भए सुरक्षणकर्ताले सोको जानकारी सम्बन्धित सदस्य संस्था, पशु सेवा कार्यालय वा कोषबाट मान्यता प्राप्त प्राविधिक र सामूहिक जमानी अन्तर्गत खरिद भएको पशुधनको हकमा समूहको अध्यक्षलाई लिखित रुपमा नदिएको,
(च) यस नियमावली बमोजिम क्षतिपूर्ति दाबीको लागि पेश गर्नु पर्ने सम्पूर्ण कागजात तथा प्रमाणहरु पेश नगरेको,
(छ) सुरक्षित पशुधनलाई जुन उद्देश्य र प्रयोजनमा प्रयोग गर्नु पर्ने हो सो अनुरुप प्रयोग नगरेको, (ज) गधा, घोडा, घोडी, खच्चड वा झोपाको नियम ७ को खण्ड (क) बमोजिमको सुरक्षण गर्ने सहमतिपत्रमा उल्लिखित मार्ग भन्दा अन्य मार्गमा चलाएको अवस्थामा मृत्यु भएको,
(झ) नियम २७ को उपनियम (१) वा नियम २८ को उपनियम (१) बमोजिमको अवधि भित्र दाबी वा पुन दाबी नगरेको, वा
(ञ) कोषले निर्धारण गरेको अन्य विषय ।